१०० वाट फास्ट चार्जर भएको साओमीको नयाँ ल्यापटप
techpana.com · Wed Mar 31 16:34:51 GMT 2021
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले मि नोटबुक प्रो १५ र मि नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ११ औं पुस्ताको इन्टेल टिगर लेक सीपीयू र एनभिदिया जिफोर्स ग्राफिक्स सहितका यी दुई ल्यापटप घरेलु बजार चीनमा सार्वजनिक गरेको हो ।
यी दुई ल्यापटपको विशेष भिन्नता डिस्प्ले नै हो । मि नोटबुक प्रो १५ मा ओएलईडी डिस्प्ले दिइएको छ भने मि नोटबुक प्रो १४ मा हाई रिफ्रेश रेट एलसीडी डिस्प्ले राखिएको छ । यी दुवै कयौं कन्फिग्रेसनका साथ बजारमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)