नमस्कार प्राणायाम के हो ?
ratopati.com · Sun Jan 29 22:37:00 GMT 2023
यो ब्रह्माण्ड चेतना र ऊर्जाको संयोजनबाट निर्मित छ। पदार्थ पञ्चतत्वको संयोजन हो भने आकार, प्रकार, रङ्ग, रूप आदिको निर्माण चेतना र ऊर्जाको कारणबाट सम्भव हुन्छ। जड वस्तुमा चेतनाको स्तर कम हुन्छ भने चेतन वस्तुमा चैतन्यताको स्तर अधिक रहन्छ।
चेतन तत्त्वको श्रेणी अनुरूप चेतना र ऊर्जाको स्तर फरक रहन्छ। पृथ्वी, जल, तेज, वायु, आकाश सबैको निर्माण चेतना र ऊर्जाबाट भएको छ। जति बढी चैतन्यताको उदय त्यति नै धेरै उच्चतम क्षमता ऊर्जामा रहन्छ। मानवमा मात्र यो क्षमता छ जसले आफ्नो चैतन्यतालाई बढाउन सकोस् अनि ऊर्जाको उच्चतम क्षमतालाई अनुभूति गर्न सकोस्। आफूभित्रको विवेक अनि प्रेमलाई सही सदुपयोग गर्न सकेको खण्डमा मात्र चेतनामा निखार आउँछ। भित्रको जीवन ऊर्जा र परम ऊर्जा बोधमा आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)