भारतबाट हसिना फर्किने तयारीबीच बंगलादेशका राष्ट्रपतिले दिने भए राजीनामा
shilapatra.com · Fri Jul 24 06:42:00 GMT 2026

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले आफ्नो कार्यकाल सकिनुअघि नै शुक्रबार पदबाट राजीनामा दिने भएका छन् । उनका प्रेस सचिव सरवार आलमका अनुसार स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले उनी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने निष्कर्षमा पुगेका हुन् ।
शाहाबुद्दीनको कार्यकाल सन् २०२८ को अप्रिलसम्म रहने भए पनि उनले बीचमै पद त्याग्ने निर्णय गरेका हुन् । उनको राजीनामाको निर्णय पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किएर अदालतको सजाय स्वीकार गर्ने घोषणा गरेपछि आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)