मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

barnanmedia.com · Thu Sep 24 20:15:00 GMT 2026

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ । उहाँले अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै मिलेईले विवाद समाधान नभएसम्म एकपक्षीय परिवर्तन नगर्न आह्वान गर्ने अन्तर्राष्ट्रिय प्रस्ताव कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घ असफल भएको आरोप लगाउनुभयो । उहाँले बेलायतलाई सार्वभौमिकता विवाद समाधानका लागि वार्तामा फर्कन आग्रह गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)