ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ : महामन्त्री थापा
lokaantar.com · Sat Oct 14 16:40:12 GMT 2023
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताएका छन् । नेपाल विद्यार्र्थी सङ्घ काठमाडौँ शाखाले आज आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने । उनले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)