कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
ratopati.com · Fri Jul 24 07:38:03 GMT 2026
काठमाडौँ । स्पेनका विश्वकप विजेता लेफ्ट ब्याक मार्क कुकुरेल्लाको लामो घुम्रिएको कपाल विश्व फुटबलकै सबैभन्दा चिनिने पहिचानमध्ये एक बनेको छ । धेरै समर्थकले यसलाई उनको व्यक्तिगत शैली वा फेसन ठाने पनि यसको पछाडि एउटा अत्यन्त भावुक पारिवारिक कारण लुकेको छ ।
कुकुरेल्लाले आफ्नो लामो कपाल खुलै राख्नुको कारण खुलाउँदै भनेका छन् कि उनका अटिजम भएका जेठा छोरा मातेओले मैदानमा उनलाई सजिलै चिन्न सकून् भन्ने चाहना नै यसको मुख्य कारण हो । अटिजमका कारण मातेओलाई मानिस चिन्न कहिलेकाहीँ कठिन हुने भएकाले कुकुरेल्लाको विशिष्ट घुम्रिएको कपाल उनको पहिचानको माध्यम बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)