एकीकृत समाजवादीमा महासचिव भुसालको प्रस्ताव : पार्टी, नीति र नेतृत्व पुनर्गठन गरौं
ekantipur.com · Thu Sep 18 17:16:55 GMT 2025

काठमाडौँ — एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी, नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका छन् । केन्द्रीय पदाधिकारी बैठकमा बिहीबार लिखित प्रस्ताव पेस गर्दै उनले पुनर्गठन आफ्नै पार्टीबाट सुरु गर्नुपर्ने मत राखेका हुन् ।
सबै पार्टी पुनर्गठन नगरी जनतामा जान सम्भव नरहेको महासचिव भुसालको निष्कर्ष छ । ‘यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं,’ उनको प्रस्ताव छ, ‘यो मुख्य विषयलाई गलैंचामुनि राखेर अरू विषय अगाडि राख्न थाल्यौं भने दुनियाँले हामीलाई दुत्कार्ने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)