जोरपाटीबाट एसएलआरको ६ राउन्ड गोलीसहित १ जना पक्राउ
onlinekhabar.com · Fri Jul 24 07:50:24 GMT 2026

८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो । ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)