सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३४७ जनाको सकुशल उद्धार (तस्बिरहरू)
makalukhabar.com · Fri Jul 24 07:58:23 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरूको सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरूबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)