ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
barnanmedia.com · Thu Sep 24 21:25:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन् । दुवै पक्षले अमेरिका–चीन सम्बन्धमा प्रतिस्पर्धा कायम रहे पनि संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् ।
वार्ताअघि अमेरिका र चीन व्यापार युद्धविरामलाई दुई महिना थप गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो । दुवै देशबीच दुर्लभ माटो तथा महत्त्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप्ससम्बन्धी विषयमा समेत मतभेद रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)