मनसुन बर्हिगमनमा समय लाग्ने
canadanepal.com · Thu Sep 18 17:29:32 GMT 2025

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन ।
भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)