निवासमा पैसाको थुप्रो जलेको दाबीबारे पहिलो पटक बोल्यो देउवाको सचिवालय
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालय बुढानीलकण्ठ निवासमा अत्याधिक पैसा भेटिएको दाबीबारे पहिलो पटक बोलेको छ। जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन भदौ २४ मा बुढानीलकण्ठमा रहेको देउवा निवासमा उनीहरूमाथि कुटपिट गरी आगो लगाइएको थियो। सेनाले उनीहरूलाई बेलुका ८ बजे उद्धार गरेको थियो।
बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा "देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरङ्ग रहेको" जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)