मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं- ३ काे मतगणनाबारे के भन्छिन् निर्वाचन अधिकृत ?

shilapatra.com · Sun Nov 20 17:51:00 GMT 2022

काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने सहमति गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।

'सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरूले नै हामी भोलिपल्टबाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ । त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ', निर्वाचन अधिकृत शाहीले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)