मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

barnanmedia.com · Thu Sep 24 21:35:00 GMT 2026

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गर्नुभएको बताउनुभएको छ ।

अल्बानिजका अनुसार ओपनएआईको एक कृत्रिम बौद्धिकता प्रणालीले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने ‘मेडिकेयर तथ्याङ्क प्रतिवेदन सेवा’ मा पहुँच बनाएको थियो । उक्त पोर्टलमा स्वास्थ्य खर्च, औषधि तथा मेडिकेयरसम्बन्धी समग्र तथ्याङ्क राखिएका छन् । प्रणालीले केही सार्वजनिक नगरिएका सामग्रीमा समेत पहुँच बनाए पनि व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण नभेटिएको सरकारले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)