देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो
baahrakhari.com · Thu Sep 18 17:36:37 GMT 2025

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन क्रममा ज्यान गुमाएका सबैप्रति दुःख व्यक्त गरेका छन् । साथै, प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
जेनजीको प्रदर्शनलाई धमिलो बनाई आआफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले भदौ २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गरेको र राजनीतिक दलको कार्यालय तथा नेताहरूको निजी निवासमा आक्रमण गर्नेजस्ता आपराधिक क्रियाकलाप भएकोप्रति विज्ञप्तिमा भर्त्सना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)