एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
barnanmedia.com · Thu Sep 24 21:45:00 GMT 2026

प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औँल्याउनुभयो । अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)