कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा.तिमिल्सिना
nagariknews.nagariknetwork.com · Fri Jul 24 08:45:07 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै सरकार नियन्त्रणमुखी पत्रकारितामा विश्वास नगर्ने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)