प्रथम राष्ट्रिय बाँस सम्मेलनमा सहभागीको दिक्तेल आगमन सुरु
rajdhanidaily.com · Tue Feb 25 23:53:40 GMT 2025

खोटाङ । खोटाङको दिक्तेलबजारमा आयोजना हुन लागेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” का लागि देशभरबाट विज्ञ तथा सहभागीहरुको आगमन शुरु भएको छ । “जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १५ गतेदेखि तीन दिनसम्म संचालन हुने यस ऐतिहासिक समारोहको उद्घघाटन संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गर्ने कार्यक्रम तय गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको सह–आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पूरा हुँदै गरेको र सहभागीहरु दिक्तेलबजार आइपुग्न थालेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)