अमरगढीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण फेरि विवादमा
rajdhanidaily.com · Sun Jun 07 03:03:22 GMT 2026

डडेल्धुरा । अमरगढी नगरपालिकाले वडा नम्बर ६ को गुनेगाड क्षेत्रमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन केन्द्र पुनः विवादमा परेको छ । निर्माणस्थलसम्म सडक पु-याउने काम सुरु भएसँगै स्थानीयवासीले अवरोध गरेपछि शनिबार दिनभर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको फोहोर व्यवस्थापन केन्द्र स्थानीय विरोधका कारण सुरु नहुँदै विवादमा तानिएको हो । ठेक्का सम्झौता भएको करिब एक महिनापछि निर्माण प्रक्रिया अघि बढाउन सडक खन्ने काम सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)