मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

ratopati.com · Thu Sep 24 22:47:01 GMT 2026

चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)