फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
barnanmedia.com · Thu Sep 24 22:43:56 GMT 2026

दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए ।
पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो दिनको उडान उत्साहप्रद देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)