मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा

ratopati.com · Mon Jun 26 06:39:00 GMT 2023

कास्की । पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो ।

आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा रु ५४ करोड ६२ लाख विनियोजन गरिएको छ । महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने बजेटमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)