देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान
lokpath.com · Sun Nov 20 04:41:45 GMT 2022
काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।
यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्ला संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भीड देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)