मधेसको रंगमञ्चमा माही तनवीर खान, भन्छिन्- राज्यले हाैसला देओस्
shilapatra.com · Sat Dec 24 00:49:00 GMT 2022
रंगमञ्चको क्षेत्रमा मधेसी समाजमा महिलाको उपस्थिति अझै खुल्न सकेको छैन । जहाँ छोरा र छोरीबीच विभेद छ, छोराभन्दा छोरीको स्वतन्त्रतामा समाजले प्रश्न गर्छ, यस्तो समाजलाई चिर्दै एक उदीयमान नारी केही गरेर देखाउने लक्ष्यका साथ रंगमञ्च क्षेत्रमा देखा परेकी छिन् । रंगमञ्च क्षेत्रमा उदाउँदै गरेकी ती नारीको नाम हो– माही तनवीर खान ।
हाम्रो सामाजिक परिवेशमा अन्य समुदायभन्दा मुस्लिम समुदायकी महिला सामाजिक तथा धार्मिक रीतिरिवाज नामक अनुशासनको दायरामा कसिएका हुन्छन् । त्यसले पनि बेलाबेलामा महिलाप्रति मुस्लिम समुदाय अनुदार नरहेको आरोप पनि लाग्ने गरेको छ । मुस्लिम समुदायका महिलाले लगाउने बुर्का, हिजाफबाट बाहिर निस्किएर रंगमञ्चमा आउने नगन्य महिलामध्येकी एक हुन् माही खान । सयौँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा काम गरिसकेकी माही रंगमञ्च क्षेत्रमा जति चर्चामा छिन्, त्यति नै उनको अतीत संघर्षत र कठिन पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)