हरिशयनी एकादशीः नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
barnanmedia.com · Sat Jul 25 05:38:05 GMT 2026

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।
भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)