काठमाडौं महानगरपालिका-३० का लेखा अधिकृत रंगेहात पक्राउ
annapurnapost.com · Fri Jul 24 10:05:46 GMT 2026

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं)उद्वव भट्टराई पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २१ हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
अधिकृत भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अनुसन्धानका क्रममा रंगे हात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)