४१ जना पावर ट्रेलरका चालकलाई कारवाही
lokaantar.com · Sun Jan 01 23:41:04 GMT 2023
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकिङमा प्रयोजनविपरीत चलाएका ४१ ओटा पावर ट्रेलरका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कृषि प्रयोजनमा दर्ता भएका पावर ट्रेलरलाई अन्य प्रयोजनमा चलाइएको र ग्रामीण सडकमा चलाउने पावर ट्रेलर हाइवेमा चलाएको पाइएपछि ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ (१) मा कुनै एक प्रयोजनका निम्ति दर्ता भएका सवारी अर्को प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख छ । सो अनुसार प्रयोजन विपरीत सञ्चालन गरिएका पावर ट्रेलरका चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)