मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ पटक म्याद थप चौध वर्षमा असी प्रतिशत काम

gorkhapatraonline.com · Sun Jun 07 03:19:59 GMT 2026

तम्घास, जेठ २४ गते । गुल्मी र स्याङ्जालाई जोड्ने कालीगण्डकी नदीमाथिको पुल निर्माणको काम १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थप्दै आएको निर्माण कम्पनीले पछिल्लो पटक पाएको समयसीमा पनि पूरा गर्न नसकेपछि पुल निर्माणका लागि छैटौँ पटक म्याद थप गरिएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्थित पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१, चण्डीभन्ज्याङ जोड्ने उद्देश्यले निर्माणाधीन सो पुल २०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौँबिच सम्झौता भएको थियो । कुल २० करोड ५३ लाख ८६ हजार रुपियाँ लागतमा निर्माण हुने पुल तीन वर्षभित्र अर्थात् २०७२ असार २४ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)