ओलीलाई माधव समूहको २४ घण्टे डेडलाइन, नभए सांसदहरुको राजीनामा
onlinekhabar.com · Sat May 08 17:56:39 GMT 2021
२५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।
शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)