मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

घाप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

ekantipur.com · Wed Sep 22 00:37:46 GMT 2021

चितवन — लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।

मध्य रातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३/४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८/९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)