बालुवाटारबाट पक्राउ परेका निहारिका र बिनु हाजिर जमानीमा छुटे
nepalpress.com · Fri Jul 24 11:42:59 GMT 2026

काठमाडौं । बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शनको प्रयास गर्दा पक्राउ परेका निहारिका राजपुत र बिनु यादव दैनिक हाजिर जमानीमा रिहा भएका छन् ।
उनीहरुलाई प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिएको थियो । तत्काल मुद्दा चलाइहाल्नुपर्ने नदेखिएपछि हाजिर जमानीमा रिहा गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)