मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीको दशरथचन्दमा निःशुल्क शववाहन

abhiyandaily.com

बैतडी (अस) । बैतडीको दशरथचन्द नगरपालिकामा शववाहन निःशुल्क सञ्चालन गरिने भएको छ । नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पुस्करराज जोशीले नगरपालिकाबाट शववाहन खरीद गरी निःशुल्क सञ्चालन गरिने घोषणा गरेका हुन् । आवश्यक प्रक्रिया अनुसार शववाहन खरीद गरी कार्यविधि बनाएर शववाहन सञ्चालन गरिने उनले बताए । शववाहन खरीद नहुन्जेलसम्म उक्त सेवाका लागि अन्य वैकल्पिक व्यवस्था मिलाइने उनले बताए ।

जिल्लामा आवश्यक स्वास्थ्य पूर्वाधार बनाउने सन्दर्भमा खासै चासो नदिएका उनले प्रत्येक ३/३ महीनामा प्रत्येक वडामा स्वास्थ शिविर चलाइने घोषणा भने गरे । त्यस्तै नागरिकका गुनासाहरूलाई सम्बोधन गर्न हरेक शुक्रवार दिउँसो ३ बजेदेखि ५ बजेसम्म हेलो मेयर कार्यक्रम सञ्चालनमा ल्याउने उनले बताए । १० लाखभन्दा माथिका योजना ठेक्का प्रणालीमार्फत विकास निर्माणका योजनाहरूलाई प्रभावकारी बनाउन ई–बिडिङमार्फत सञ्चालन गरिने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)