मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लोककलामा समय–चक्र

ekantipur.com · Sat Dec 18 01:50:13 GMT 2021

काठमाडौँ — पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका क्रिया प्रतिक्रियाहरू समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकासक्रममा मानव समाजको सिकाइ, भोगाइका जति धेरै पाटाहरू छन्, त्यति नै छन् कथाहरु । समाज, धर्म, संस्कृतिसँग जोडिएर मानव जाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यता राख्छन् चित्रकार एससी सुमन (सुबोधचन्द्र दास) ।

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनै सुमनको यतिबेला एकल चित्रकला प्रदर्शनी लिएर उभिएका छन् । दुई दर्जनभन्दा बढी मिथिला चित्रमा उनले सत्ययुगदेखि कलियुगसम्मको मान्यता राख्ने धार्मिक तथा सामाजिक पक्षसँग जोडिएको समयको चक्रलाई चित्रण गरेका छन् । विशेष गरी मिथिला कलालाई आधार बनाएर उनले मैथिल तथा अन्य समाजको समकालीन मुद्दालाई उठान गर्दै आएका छन् । उनका चित्रहरूमा मिथिला समाजको लोक परम्परा, धर्म, संस्कृतिसँगै काठमाडौं तथा सिंगो प्रकृतिमाथि भएका अतिक्रमणका कथा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)