मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या

gorkhapatraonline.com · Sun Aug 07 01:16:47 GMT 2022

काठमाडौँ, साउन २२ गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्रिक्वेन्सी नपाएकाले उद्देश्यअनुरूप सञ्चालन हुन नसकेको गुनासो भएको छ ।

प्राधिकरणले दुई वर्ष लगाएर रत्नपार्क र महराजगञ्ज वितरण केन्द्रअन्तर्गत ९७ हजार घरमा स्मार्ट मिटर जडान कार्य सम्पन्न गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रिक्वेन्सीसम्बन्धी नियमावलीको समस्याका कारण प्राधिकरणलाई फ्रिक्वेन्सी उपलब्ध गराउन नसकेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)