मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितानिवास प्रकरण : सचिव राउत रिहा, अन्यको रिट खारेज

nayapatrikadaily.com · Sat Jul 22 00:10:00 GMT 2023

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेकामध्ये बहालवाला सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न आदेश गरेको छ । बाँकीलाई थुनामै राखेर अनुसन्धान गर्न भनेको छ ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले ललितानिवास प्रकरणमा पक्राउ परेकाका ६ वटा रिट साथसाथै राखेर सुनुवाइ गरेको हो । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, सचिव राउत र धर्मप्रसाद गौतमको समेत रिट खारेज हुने फैसला गरेको छ । तर, सचिव राउतका हकमा भने थुनामै राखी अनुसन्धान गर्नुपर्ने खालको नदेखिएको सर्वोच्चको ठहर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)