मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा वायु प्रदूषण साँझसम्म कम हुने

baahrakhari.com · Mon Apr 12 00:58:00 GMT 2021

काठमाडौं । देशका अधिकांश भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै स्थानमा तुँवालो लागेको छ । काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण साँझसम्म केही कम हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।

“अहिले (विहान) काठमाडौंको भिजिविलिटी ३ किलोमिटर छ । हिजो यही समय ५ किलोमिटर थियो । तर, अपराह्नपछि वायू प्रदूषण केही हटेर जान्छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “अहिलेको मौसमी प्रणाली वायु प्रदूषण गराउने खालको होइन । धुलो धुवाँको स्रोत काठमाडौं उपत्यका नजिकै रहेकाले प्रदूषण धेरै भएको हो । यो केही दिनमै कम हुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)