मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

dcnepal.com · Fri Oct 22 00:58:08 GMT 2021

सुनसरी। सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ। नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)