सुधार र निर्माणतर्फ सिरहा प्रशासन
barnanmedia.com · Thu Sep 18 22:03:41 GMT 2025

तोडफोडले खरानी बनेका कार्यालय, क्षतविक्षत वडा भवन, कुच्चिएका फाइलको थुप्रो, अनि आगजनीबाट जलेका कागजातको गन्ध अझै बाँकी छ । भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनले देशभर उथलपुथल ल्यायो । त्यसको चपेटामा परेको सिरहा जिल्लाको सरकारी सेवा प्रणाली पनि लगभग शून्यमा झरेको थियो ।
तर अहिले त्यही खरानीबीच नयाँ संरचना उभ्याउने प्रयास सुरु भएको छ । सिरहा प्रशासनले ‘सुधार र निर्माण’ अभियानमार्फत पुनर्निर्माणको बाटो समातेको छ । क्षतिग्रस्त कार्यालयको निरीक्षण, जनप्रतिनिधि तथा कर्मचारीलाई सक्रिय बनाउने प्रयास र जनतालाई केन्द्रमा राखेर सेवाप्रवाह सुनिश्चित गर्ने योजनाले प्रशासनिक गतिशीलता ल्याउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)