प्रेरक प्रसंग : आत्मविश्वास
nayapatrikadaily.com · Thu Feb 01 00:13:00 GMT 2024
नोबुनागा नाउँ गरेका एक महान् जापानी योद्धा एउटा भयंकर शत्रुसित युद्ध गर्न जाँदै थिए । शत्रु सेनाको संख्या उनका सेनाको तुलनामा दसौँ गुणा विशाल थियो । साथै, ती पर्याप्त शस्त्रअस्त्रले सुसज्जित पनि थिए । नोबुनागालाई सुनियोजित रणनीतिका साथ लड्ने हो भने कठिनभन्दा कठिन युद्ध पनि जित्न सकिन्छ भन्ने लाग्थ्यो । त्यसैले उनले यो युद्धमा पनि जितको सम्भावना देखेका थिए । तर, उनका सिपाहीलाई भने युद्ध जितिनेमा निकै ठूलो आशंका थियो ।
युद्ध क्षेत्रमा जाँदै गर्दा सेनापति नोबुनागा बाटोको एउटा सिन्तो मन्दिरमा पुगेर रोकिए र आफ्ना सिपाहीलाई यसो भने, ‘म मन्दिरको दर्शन अनि परिक्रमा गरेर आँउछु, त्यसपछि हावामा एउटा सिक्का उछाल्नेछ । हेराँै, भाग्यले के देखाउँछ । यदि सिक्काको टाउको प¥यो भने हामीले निश्चित रूपमा नै यो जित्नेछाँै । होइन पुच्छर आयो भने हामीले हार्नेछाँै । अब खेला भाग्यको हातमा छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)