पाँच वर्षदेखि अलपत्र नगर अस्पताल
gorkhapatraonline.com · Sun Jun 07 03:28:47 GMT 2026

बर्दियाको गेरुवा गाउँपालिकामा निर्माणाधीन १० श-याको नगर अस्पताल पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमै अस्पताल भवन निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा अझै पूरा हुन सकेको छैन । गेरुवा गाउँपालिका–६ मा निर्माण भइरहेको अस्पताल भवनको जिम्मा गौरा नेपाल मेगा–वीरेन्द्र अमर जेभीले २०७८ जेठमा पाएको थियो । पाँच करोड २४ लाख ७० हजार रुपियाँ लागतमा निर्माण हुने उक्त अस्पताल २०७९ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाका अनुसार निर्माण कम्पनीले गरेको कामका आधारमा भुक्तानी हुँदै आएको छ । हालसम्म भएको प्रगति अनुसार रकम पनि भुक्तानी भइसकेको छ । बजेट अभाव वा भुक्तानी रोकिएकाले काम प्रभावित नभएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं