सम्झौतापछि कुटिए मिटरब्याज पीडित, साहु-महाजनले उठाए लिखत खारेजीमा प्रश्न
onlinekhabar.com · Fri Jul 24 13:24:59 GMT 2026

८ साउन, काठमाडौं । सरकार र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिहरू बीच १ साउनमा नौ बुँदे सम्झौता भयो। त्यससँगै वार्ताका लागि काठमाडौं आएका प्रतिनिधिहरू निजगढ हान्निए। त्यहाँ करिब ६०० पीडित के–के सम्झौता भयो ? प्रतिनिधिकै मुखबाट सुन्न कुरेर बसेका थिए।
६ जना प्रतिनिधिले उद्योग वाणिज्य संघको हलमा पीडितहरूलाई सरकारसँग भएको सम्झौता बारे ‘ब्रिफिङ’ गरेपछि भने ‘अब तपाईंहरू सबै घर फर्किनुस्, सरकार हाम्रो अभिभावक हो। अभिभावकको कुरा मान्नुपर्छ र यसपटक एकदम ठोस सहमति गरेर आएका छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)