ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन
reportersnepal.com · Sun Apr 24 17:33:51 GMT 2022
झापा, १० बैशाख । झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर निकै चासोका साथ हेरिएको नगर हो । यो नगरमा गत ०७४ को स्थानीय तहको मत परिणाम विश्लेषण गर्दा एमाले सशक्त पार्टी हो ।
त्यसपछि दोस्रो स्थानमा छ, राप्रपा । गत ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले अध्यक्ष ओलीको जितका लागि राप्रपासँगको तालमेल निकै महत्त्वपूण थियो । तर, यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध गठबन्धन नै बनेको छ । जसमा दमकको दोस्रो शक्ति राप्रपा पनि सामेल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)