वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गर्नेछौँः मन्त्री यादव
corporatenepal.com · Fri Jul 24 13:31:35 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल ‘फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)