मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप २०२४ : इन्ज्युरी समयमा गोल गर्दै साविक विजेता इटाली अन्तिम १६ मा प्रवेश

barnanmedia.com · Mon Jun 24 23:22:07 UTC 2024

अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टीमा असफल रहेका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । अर्को मिनेट भित्र उनले नै गोल गर्दै क्रोएसियालाई दोस्रो चरण पुग्ने संघारमा पुर्याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)