माओवादीको कोटामा राजदूत प्रस्ताव गरिएका बिजन पन्त विवादित
barnanmedia.com · Mon Jun 24 23:28:12 UTC 2024

माओवादीको कोटामा राजदूत प्रस्ताव गरिएका बिजन पन्त विवादित बनेका छन् । माओवादीका कार्यकर्ताले आफ्नो पार्टीको कोटामा कांग्रेसका क्याडरलाई नियुक्त गरेको भनेर आपत्ति जनाएका छन् ।
गोरखामा जन्मिएका पन्त २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सचिवालयमा विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएका थिए। उनकी श्रीमती हाल बेलायतमै बसोबास गर्दै आएकी छन्। प्रचण्ड परिवारसँगको हिमचिमका कारण उनलाई माओवादी कोटामा संयुक्त अधिराज्यमा राजदूत प्रस्तावित गरिएको भन्दै माओवादीभित्रै चरम आलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)