राष्ट्रपतिले भने– चुनावी प्रयोजनबाहेकका अध्यादेश स्वीकृत हुन्न
rajdhanidaily.com · Thu Sep 18 23:06:22 GMT 2025
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावीबाहेक अन्य कुनै पनि अध्यादेश स्वीकृत नगर्ने अडानमा रहेको बताएका छन् । चुनावी एवं सरकारलाई दिनदिनै गर्नुपर्ने काममा अप्ठ्यारो पर्ने विषयलाई सहज बनाउन आउने अध्यादेश मात्रै स्वीकृत गर्नुपर्ने उनले जनाएका छन् ।
बिहीबार शीतलनिवासमा कानुनविद् एवं नागरिक समाजका अगुवासँग कुराकानी गर्दै राष्ट्रपति पौडेलले मुलुकलाई लोकतान्त्रिक र संवैधानिक बाटोमा अगाडि बढाउन तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन र संविधान जोगाउने काममा अग्रसर हुनुपर्नेमा जोड गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)