अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर, भन्सारमा भण्डारी, बजेटमा दाहाल
onlinekhabar.com · Fri Aug 15 12:30:30 GMT 2025

News Summary
Generated by OK AI. Editorially reviewed.
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ।
सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नियुक्त भएका छन्।
महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख र श्यामप्रसाद भण्डारी भन्सार विभाग महानिर्देशक भएका छन्।
३० साउन, काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ ।
यस अनुसार सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छन् ।
त्यस्तै श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग महानिर्देशकको जिम्मेवारी दिइएको छ । टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।
यसैगरी दीपक लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको छ । रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनेका छन् । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।
दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)