शौर्य सिमेन्टको बिक्री लक्ष्य सफल
abhiyandaily.com
काठमाडौं (अस) । शौर्य सिमेन्ट आफ्नो व्यावसायिक उत्पादनको छोटो अवधि (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य पूरा गर्न सफल भएको छ । व्यावसायिक उत्पादनको पहिलो महिना जेठ ०७८ देखि कम्पनीको उत्पादनप्रति ग्राहक विश्वास जित्न सफल भई हाल निर्माण क्षेत्रमा देखिएको जटिल परिस्थितिमा पनि सफलता प्राप्त भएको कम्पनीको भनाइ छ ।
कम्पनीले हाल बजारमा शौर्य ओपीसी ५३ ग्रेड, शौर्य ओपीसी ४३ ग्रेड, पीएससी सिमेन्ट बिक्री गर्दै आएको छ भने निकट भविष्यमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको जनाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादित सिमेन्ट विशाल परियोजना निर्माण तथा नेपालीमाझ गुणस्तरीय ब्रान्ड बन्न सफल भएको दाबी कम्पनीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)