मंसिरमा बालेनको भारत भ्रमण पक्का, परराष्ट्रले थाल्यो तयारी !
news24nepal.tv · Fri Sep 25 03:26:58 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको मंसिर पहिलो साता हुने सम्भावित भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी थालेको छ । भ्रमणमा सीमा विवाद, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, ऊर्जा व्यापार, व्यापार घाटा, पूर्वाधार तथा तेस्रो मुलुकसँगको पारवहन सुविधाका विषय प्राथमिकतामा पर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री बालेन शाह हाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका भ्रमणमा छन् । उनको यो पहिलो विदेश भ्रमण हो ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाहको पहिलो गन्तव्य अमेरिका बनेसँगै, नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण अनिवार्य रूपमा भारतबाटै सुरु गर्नुपर्ने परम्परागत मान्यता तोडिएको छ । यद्यपि, पहिलो भ्रमण अमेरिकाबाट सुरु गरे पनि प्रधानमन्त्री शाह आगामी मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)