काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार
annapurnapost.com · Fri Jul 24 14:34:22 GMT 2026
काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा भएको खेलमा पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० ले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो।
पहिलो हाफमा एकतर्फी रूपमा पाकिस्तानले आफ्नो बनायो। २५-१४ मा पहिलो सेट जित्यो। दोस्रो सेटमा ५-४ सम्म दोस्रो सेटमा नेपालले अग्रता बनाएको थियो। त्यसपछि भने १४-८, १७-९,२०-१०, २१-१२ र २५-१८ ले दोस्रो सेट पनि पाकिस्तानले जित्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)